बर्दिबास ः महोत्तरी जिल्लाको बर्दिबासमा सामुदायिक विद्यालयका एक पूर्व–प्रधानाध्याक एवम् हालका शिक्षकमाथि विद्यालय परिसर मै कुटपिट भएको छ ।
बर्दिवास नगरपालिका–३, मा रहेको जनता माध्यमिक विद्यालय गौरीडाँडाका पूर्वप्रधानाध्यापक एवंम् हालका शिक्षक नेत्र बहादुर रम्तलेमाथि विद्यालयमै आक्रमण भएको हो । शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई विद्यालय परिसरमा स्थानीय मनिष अर्यालले दुव्र्यहार गर्दै उनीमाथि कुटपीट गरेका हुन् ।
दलितको छोरो हेडमास्टर बनेर जमाएको भन्दै आफुमाथि उनले ढुङ्गा प्रहार गरेको पीडित शिक्षक रम्तेलले बताएका छन् । ‘तँ मुला दलितले हेडमास्टर भएर जमाउने ? जातिय दुव्र्यवहार गरेका थिए,’ पीडित शिक्षकले भने, ‘किन यस्तो भनेको प्रश्न गरेपछि उनले विद्यालयमै आक्रमण ग¥यो ।’ शिक्षक रम्तेलमाथि टाउकोमा मुक्का प्रहार गर्दै शरिरमा लगाएको गन्धी, सर्ट र कोर्ट च्याति दिएका छन् । शिक्षकमाथि भइरहेको आक्रमण रोक्न खोज्दा आरोपीले ढुङ्गा प्रहार गरेका थिए ।
यता, शिक्षक कुट्ने आरोपी आर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबास प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । ‘आरोपीलाई नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया सुरु गरेका छौं,’ डीएसपी थापाले भने, ‘पीडितको उजुरीका आधारमा कारवाही हुन्छ ।’
विद्यालय व्यवस्थान समितिका अध्यक्ष नरबहादुर खनालले आरोपीमाथि हदैसम्मको कारवाही गर्नु माग गरेका छन् ।