Friday 12th of April 2024

हत्याको आरोपमा प्रहरीनै पक्राउ

0 Shares

विराटनगर : इलामस्थित उच्च अदालत विराटनगरको ‘इलाम इजलास’मा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा न्यायाधीशका सुरक्षागार्ड पक्राउ परेका छन् । पक्राउ परेका ३५ वर्षीय युवराज बानियाँ नेपाल प्रहरीका असइ हुन् ।

अदालतकी कर्मचारी विमलाकुमारी पराजुलीको हत्या गरेको आरोपमा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । अदालतमा कार्यालय सहयोगीका रूपमा कार्यरत पराजुली सोमबार बिहान कार्यालय परिसरमै मृत फेला परेकी थिइन् ।

प्रहरीका अनुसार बानियाँले पराजुलीको हत्या गरेको स्विकारेका छन् । आइतबार साँझ दुई जनाबीच विवाद भएको र त्यही क्रममा घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया