
सर्लाही : नेपाल प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवाबाट स्रोत नखुलेकको ५ लाख रुपैयाँ नगद सहित एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो।
मंगलबार साँझ प्रहरीले मलंगवा नगरपालिका-३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया