Saturday 20th of April 2024

सिरहा गोली प्रहार प्रकरण ः तीन अभियुक्त पुर्पक्षका लागि जेल चलान

0 Shares

सिरहा ः सिरहाको मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार गरेको आरोपमा तीन जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सिरहाले घटनाका अभियुक्त मिर्चैया नगरपालिका–६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिरलाई मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका–६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको थियो । मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको देव्रे खुट्टाको तिघ्रा र देव्रे हातको कुहिनामा गोली लागेको थियो ।

प्रहरीअनुसन्धानमा रामसागरका आफ्नै सहोदर दाइ सूर्यदेवले उनीमाथि गोली प्रहार गर्न लगाएको खुलेको थियो ।

सूर्यदेवले पारिवारिक रिसइबी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई “सुपारी’’ दिई रामसागरको ज्यान लिने प्रयास गरेको कुरा प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सम्बन्धित समाचार

Breaking – सिरहामा गोली चल्यो, एक जना गम्भिर घाईते

सिरहा अपडेट ः सिरहामा साफीमाथि गोली प्रहार

सिरहा गोली प्रहार प्रकरण ः तीनजना शांकास्पद व्यक्ति पक्राउ

प्रतिक्रिया