ठक्करबाट एक वृद्धको मृत्यु

सप्तरी ः सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ५ मा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बुधबार साँझ स ४ प ९५४ नम्बरको मोटरसाइकलले स्थानीय ७५ वर्षीय सरयोग रायलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्त एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकरी दिए ।

मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया