प्रदेश २ ः बिहे गर्ने प्रलोभनमा एक किशोरीमाथि बलात्कार, युवक पक्राउ

वीरगञ्ज : विवाह गर्ने प्रलाेभन देखाएर १५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

किशाेरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका कानुले गत असार १४ गते राति किशाेरीको घरमा गई बिहे र जागिर लगाई दिने भनि जबरजस्तीकरणी गरेको आफन्तकाे आराेप छ।

उनले किशाेरीलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित बाँसघारीमा लगेर जबरजस्ती करणी गरेकाे आराेप छ। त्यसपछि पनि उनले किशाेरीलाई आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेकाे आफन्तले बताएका छन् ।

किशाेरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले कानुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार