Tuesday 28th of May 2024

गौशालामा मोटरसाईकलको ठक्करबाट बालिका धाईते

0 Shares

गौशाला ः महोत्तरीको गौशालामा मोटरसाईकलले ठक्कर दिदा एक बालिका घाइते भएका छन् ।

जिल्लाको गौशाला नगरपालिका ४ स्थित गौशालाबाट रामनगर तर्फ जादै गरेको प्रदेश–३–०३–००१ प्. ७२११ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही ठाउँका रामबाबु साहकी छोरी अन्दाजी बर्ष ६ की साक्षी कुमारी साह घाइते भएको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिनुभयो ।

घाइते बालिकको उपचार अहिले लाईफ लाईन हेल्थ केयर अस्पताल सर्लाहीमा भईरहेका छन ।

भने मोटरसाईकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिए घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएका छन।

प्रतिक्रिया