Wednesday 29th of May 2024

गौशाला उद्योग वाणिज्य संघले नियम विपरित सदस्यता शुल्क उठाउँदै

0 Shares

गौशाला ः गौशाला उद्योग वाणिज्य संघले विधानविपरीत वार्षिक सदस्यता शुल्क उठाउदै आएका छन । जिल्लाको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित रहेको गौशाला बजारको व्यवसायी एवम् व्यापारीसँग उद्योग वाणिज्य संघले आफनै विधान विपरित नविकरण शुल्क असुल्दै आएको पाईएको छ ।

गौशाला उद्योग वाणिज्य संघको विधानको परिच्छेद ३ को ८ (ख) मा उल्लेख भएअनुसार नविकरण गर्दा वार्षिक शुल्क १०० रुपैयाँ र प्रवेश शुल्क १ सय १ रुपैयाँ लाग्ने उल्लेख भएतापनि कार्यसमितिले मनपर्दी रुपमा नियम विपरित रकम असुल्दै आएका छन । समितीले जर्बजस्ति तवरले नविकरण वापत वार्षिक रुपमा पाँच सय रुपैयाँ र प्रवेश शुल्कको नाममा २ सय ५० रुपैयाँका दरले उसुल्दै आएको खुलासा भएको छ ।

शुल्क बृद्धि गर्नका लागि हालसम्म कुनै पनि समयमा निणर्य नभएको उद्योग वाणिज्य संघका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा रेडियो रुपान्तरणलाई बताउनुभयो । महासंघले कुनै पनि निणर्य गर्नका लागि साधारणसभाको आयोजना गरि तीन तिहाईको बहुमतको सहमति गरेर निणर्य लागु गरिनुपर्ने नियम हुँदा समेत समितीका सदस्यलाई समेत जानकारी नगराईकन नियम विपरित शुल्क उठाउनु गैरकानुनी रहेको उक्त सदस्यले कुराकानीको क्रममा जानकारी दिनुभयो ।

सम्पूणर् व्यापारीहरुको हकहित कानुनी रुपमा संरक्षण सम्वद्र्धन गर्नको लागी स्थापना भएको गौशाला उद्योग वाणिज्य संघ आफै नियमको अवज्ञा गर्दै जथाभावी तवरले शुल्क उठाँउदा स्थानीय व्यापारीहरु प्रत्यक्ष रुपमा मार्कामा परेको व्यापारीहरुले गुनासो गरेका छन ।

कार्य समितिको समय अवधि दुई वर्षको कार्यकालमा कम्तिमा पनि वर्षको एक पटक साधारण सभा गराउनु पर्ने विधानमा उल्लेख भएतापनि दुई वर्षको अवधि एकपटक पनि साधारण सभा गर्नका लागि गौशाला उद्योग वाणिज्य संघ असफल भएका छन ।

प्रतिक्रिया