Saturday 5th of October 2024

एक साताभित्रमा विद्यार्थीको माग सुनवाई गरिने सहमति ।।

0 Shares

महोत्तरी, फागुन १४ गते ।
महोत्तरी, गौशाला नगरपालिकाले अबको एक हप्ताभित्रमा त्रिभुवन मावि गौशालाको हिसावकिताव पारदर्शी गरेर विद्यार्थीहरुको मागको सम्बन्धमा सुनवाई गर्ने भएको छ । शुक्रवार नगरपालिकाको कार्यालयमा नगरप्रमुख शिवनाथ महतोको उपस्थितीमा भएको छलफलले विद्यालयमा भएको आर्थिक कारोबारको सम्बन्धमा सुुक्ष्म रुपमा अनुसन्धान गर्ने सहमति भएको हो ।


नगरप्रवक्ता भोजवहादुर दर्लामीको संयोजनमा गठित सो समितीले तयार गरिएको प्रतिवेदनले विद्यार्थीको शुल्क निर्धारण गर्ने भएको छ । आईतबारदेखि आर्थिक सम्बन्धमा समितीले अनुसन्धान गरेर यहि फागुन २७ गतेभित्र प्रतिवेदन वुझाउने सहमति भएपछि विद्यालयमा लगाईएको ताला खोलिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नगरप्रवक्ता भोजवहादुर दर्लामीको संयोजनमा गठित सो समितीका सदस्यहरु वडा नं. ५ का वडाअध्यक्ष, नगरका प्रशासन शाखाका कर्मचारी, शिक्षा शाखा प्रमुख, शिक्षक र विद्यार्थी प्रतिनिधी रहेको शिक्षा शाखाले जनाएको छ ।
नगरकै नमुना विद्यालयको रुपमा स्थापित रहेको यस विद्यालयलाई नमुना शैक्षिक क्रियाकलाप अगाडि बढाउने नगरप्रमुख शिवनाथ महतोले प्रतिवद्धता जनाउनुभयो । जसको लागि विद्यार्थीको माग सम्बन्धमा तत्कालै नगरपालिकाको कार्यालयले पहलकदमी भई रणनिती अगाडि बढाईएको नगरप्रमुख महतोले जानकारी दिनुभयो ।


छलफलपछि जानकारी दिनुहुँदै नगरप्रबक्ता भोजवहादुर दर्लामीले विद्यार्थी र शिक्षकको विवाद समाधानका लागि सर्वसम्मत रुपमा निणर्य भएको हो । प्रयोगात्मकका लागि चैत्र दोस्रो साताभित्रमा विद्यालयले तयारी शुरु गरिने, विद्यालय व्यवस्थापन समिती गठन प्रक्रिया यसै महिनाभित्र सुचारु गर्ने लगायतका विषयवस्तु उपर छलफल भएको नगरपालिका कार्यालय स्रोतले जनाएको छ ।
प्राविधीकधारतर्फका विद्यार्थीहरुसँग विद्यालयले थप रकम असुल्नका लागि तकेदा गरेपछि विहीबार विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गर्दै नगरपालिकाका ज्ञापनपत्र बुझाएका हुन । सोही ज्ञापनपत्रका सम्बन्धमा आज नगरपालिकाको कार्यालयले समस्या समाधानका लागि पहल शुरु गरेका हुन

प्रतिक्रिया