अभिनेत्री दीपिकाको ‘ह्याप्पी साउन’

काठमाडौं : आज साउन १ गते धेरैको घरमा साउने संक्रान्ति मनाउने तयारी भइरहेको छ । साथै साँझमा लुतो फाल्ने तयारी पनि भइरहेको छ । साउन महिनामा विशेषगरी महिलाहरुले हातमा मेहेन्दी हरियो चुरा लगाएर ब्रत बस्ने गर्छन ।

यसै क्रममा शुक्रबार विहानै अभिनेत्री दीपिका प्रसार्ईँले सामाजिक सञ्जालमा ‘ह्याप्पी साउन’ भन्दै केही तस्बिर सेयर गरेकी छिन् । जसमा उनले हरियो कुर्ता , हरियो पहेँलो चुरा लगाएकी छिन् । साथमा गहना पनि हरियो नै मिसिएको लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार