Tuesday 21st of January 2025

बलात्कारको घटनामा बयान फेर्न डर, पिडितलाई ज्यान मार्ने धम्की

0 Shares

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकामा दलित महिलामाथि भएको बलत्कारको घटनालाई केही राजनितिककमीहरु स्थानिय स्तरमा मिलापत्र गरी मुद्दा कमजोर गर्न खोजेको रहस्य बाहिर आएको छ ।

केही स्थानिय राजनितिककर्मीहरु पिडकसंग मोटो रकम घुस लिएर पिडितलाई आर्थिक प्रलोधन र विभिन्न धाकधम्की दिएर स्थानिय स्तरममा मिलापत्र गरी बयान फेर्न दबाद दिदै आएको पिडितले गुनासो गरिन ।

श्रीमान रोजगारीको सिलसिलामा भारतमा र घरमा नाबालक २ वटा छोरा मात्र रहेको रहेको मौका छोपी गएको वैशाख १४ गते सर्लाहीको लालबन्दी नगरपालिका वार्ड न. २ जुटपानी टोल स्थित एक घरमा डेरा लिएर बस्ने ३८ बर्षिय महिलाको घरमा राति साढे १० बजेको समयमा सोही वडा निवासी ४८ बर्षिय देवचन पासवानले बलत्कारको प्रयास गरेको थियो ।

छोरीको आर्थिक अवस्था कमजोर भएको र खेतबारी समेत नभएको कारण घरभाडामा लिएर छोरीले आफनो छोराछोरीको पालननोषण गर्दै आएको पिडितको महिलाको आमा रामकुमारी पासवानले बताईन । छोरीमाथि कुदृष्ट्रि लगाउने पापीसंग कुनै पनि शर्तमा आफू मिलापत्र गर्ने सोचमा नरहेपनि घटना भएको दिनदेखि मिलापत्रको लागि गुण्डा लगाएर कुटपिट देखि ज्यानै मार्ने धम्की समेत दिदै आएको पिडितको आमाले दुखेसो पोखिन ।

जाहेरी दर्ता भई अपराधी पक्राउ परेपनि आफनो बयान फेर्न र मुद्दालाई कमजोर बनाउन पिडकहरु पैसाको चलखेल गरिरहेको आरोप समेत लगाए ।

बयान फेरेन भने यसको भारी मूल्य चुकाउनु पर्छ भनी दिनुहँ धम्की दिदै आएका छन, उनिहरुको डर त्रास र धाकधम्कीले हाम्रो परिवार असुरक्षित महसुस गरिरहेका छन । देशमा प्रहरी प्रशासन र कानुन भएपनि गरिब विपन्न परिवारको नागरिकका लागि न्याय पाउनु फलामको चिउरा चपाउनु जति नै गाह्रो रहेको गुनासो गरिन ।

बलात्कार जस्तो जघन्य प्रकृतिको घटनामा समेत स्थानिय स्तरमा मिलापत्र र मुद्धा कमजोर बनाउने राजनितिक चलखेल भईरहेको कुरा बाहिर आएपछि दलित अधिकारको क्षेत्रमा कृयाशिल संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष पासवान, महिला पुर्नस्थापना केन्द्रका मनोसमाजिक परामर्शकर्ता ममता साह, मानव अधिकारकर्मी तथा पत्रकारहरुको संयुक्त टोलि सोमबार पिडितको घरमै पुगेर घटनाको बारेमा जानकारी समेत लिएका छन ।

बलात्कार जस्तो जघन्य अपराधमा समेत स्थानिय राजनितिककर्मीबाटै अपराधिलाई संरक्षण र पिडितमाथि मिलापत्रका लागि दबाब सृजना हुने क्रियाकलप समाजिक न्यायको प्रमुख बाधक रहेको दलित अधिकारकर्मी राजेश पासवान ले जिकिर गर्नुभयो । स्थानिय राजनितिककर्मी निष्पक्ष र स्वतन्त्र नभएसम्म गरिब तथा अति विपन्न परिवारका नागरिकहरुलाई कानुनी राज्यको अभास नहुने समेत बताए । दलित अधिारकर्मीहरु पिडितलाई कानुन अनुसारको हदैसम्मको कार्वाही, पिडितलाई न्याय र क्षतिपूर्तिका लागि सम्बन्धित निकायसंग माग समेत गरेका छन ।

पिडितलाई कुनै किसिमको डर त्रास तथा धाकधम्की दिए सम्बन्धित प्रहरी चौकीमा जानकारी गराउन जिल्ला प्रहरी कार्यलय सर्लाहीका नवनियूक्त डिएसपि माधव प्रसाद बुढाथोकीले ले आग्रह बताउनुभयो । पिडितको शान्ति सुरक्षाको निमित्त नेपाल प्रहरी प्रतिबद्व रहेका छन, बयान फेर्न डरत्रास र धाकधम्की दिएको प्रमाणित भए जो कोहीलाई कानुन अनुसारको कार्वाही गरिने समेत बताए ।

प्रतिक्रिया