महोत्तरीको गौशालामा सचिव र लेखापढीको मिलोमतोमा सेवाग्राही संग पैसा उसुल्दै

नागेन्द्र साह, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाको वडा नं. ५ मा सचिव र लेखापढी गर्ने (लेखनदास) को मिलोमतोमा सेवाग्राहीसंग मन्ग्य पैसा उसुल्दै आईरहेको रहस्य खुलेको छ ।

वर्षै देखी नगरपालिकाको वडा नं. ५ रहेको दोश्रो तल्लामा रहेको अफिससँगै रहेको बरण्डामा बसी लेखनदास गलत क्रियाकलाप गरे पनि वडा नं. ५ को अध्यक्ष धमेन्द्र साहले भने चुपि कसेको छ ।

सचिवको अपाङगताको कारण आफुले लेख्न अपठ्यारो हुँदा सेवाग्राहीलाई लेखनदास कहाँ पठाई एउटा मुचुल्का, निवेदन, सहरजमिन ईत्यादी को कमसे कम पाँच सय रुपैयासम्म लिदै आईरहेको रहस्य खुलेको छ ।

नगरपालिकाको लेटरपैडमा लेखनदासको अधिकार नभए पनि लेखनदासले नगरपालिकाको लेटरपैडमा सिफरिस गरे वापत मन्ग्य पैसा लिई रहेको कुरा थाहा पाउदा रेडियो रुपान्तरणका पत्रकारले सर्च अपरेशन गरी सो कुरा सहि र सत्य हो भनी खुलासा भएको हो ।

विगत केही समय देखी धेरै जसो सेवाग्राही ठगीमा परेको छ । पटक पटक वडा अध्यक्ष धर्मेन्द्र साहलाई सो कुराको जानकारी गराउदा पनि आफु तुरुन्त कार्वाही गर्छु भने पछि आजसम्म केही कार्वाही नहुदा रुपान्तरण मेडियाको ध्यान आकर्षण भएको हो । सेवाग्राहीको अनुसार राजस्व तिर्न जादा पनि खुद्रा पैसा नभएको खण्डमा बाँकी रहेको पाँच दश रुपैया सचिवले फिर्ता नै नदिई पठाएको कुरा समेत खुलेको छ ।

वडा नं. ५ कै तल्लो भवनको छेउमा रहेको सार्वजानिक सौचालयको अवस्था भनै निकै नै दैनिय र धिन लाग्दो भएको छ । ३० लाख बजेट लगाई उक्त सार्वजानिक शौचालय बनाएको शौचालयको अवस्था भने धिनलाग्दो भएको छ ।

प्रतिक्रिया