Friday 19th of April 2024

युद्धमा भारतीय पत्रकारको मृत्यु

0 Shares

अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीकी मारिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानी सेनाका वरिष्ठ अधिकारीले यो समाचारको पुष्टि गरेका हुन् ।

दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको समाचारमा बताइएको छ । बुधबार तालिबानले स्पिन बोल्डाक सहर र पाकिस्तानसँग जोडिएको सीमा–चौकीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

भारतमा रहेका अफगानिस्तानी राजदूत फरिद मामुन्दजईले समाजिक सञ्जाल ट्वीटरमार्फत् दानिश सिद्दीकी मारिएको बताएका छन् ।

दानिश सिद्दीकी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटोग्राफर थिए र उनी पछिल्लो केही दिनयता अफगानिस्तानमा जारी युद्ध र तनावको अवस्था देखाउने तस्वीर खिच्दै आएका थिए ।

उनले सन् २०१० देखि रोयटर्समा काम गर्न थालेका थिए । सन् २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा सिद्दीकी त्यसको एक सदस्य थिए ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया