Tuesday 11th of February 2025

महिटानीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा

0 Shares

महोत्तरी / महोत्तरीको मटिहानी नगरपालिकामा आज देखि विधिवत रुपमा बर्थिङ्ग सेन्टर (प्रसुति गृह) सञ्चालनमा आएको छ ।

महिलाहरुलाई सर्व सुलभ रुपमा प्रसुति सम्बन्धी सम्पूर्ण सेवा दिने उपलब्ध गराउने उद्देश्यले मटिहानी नगरपालिकाको वडा नं. ६ स्वास्थ्य चौकी मटिहानीमा प्रसुति तथा प्रयोगशाला सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य चौकीका प्रमुख किशन मण्डलले बताउनुभयो ।

शुक्रवार एक समारोहकाबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले सो बर्थिङ्ग सेन्टरको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख मण्डलले स्वास्थ्यक्षेत्रमा मटिहानी नगरपालिका एक कदम अगाडि बढेको बताउनुभएको छ ।

मटिहानी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष रामबाबु नायकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राजनैतिककर्मीहरु राम कुमार मण्डल, गणेश प्रसाद साह, उमा शंकर साह, महोत्तरी उद्योग वाणिज्य संघ मटिहानीका अध्यक्ष मोहन प्रसाद गुप्ता, मटिहानी नगरपालिकाका योजना अधिकृत राजेश कुमार शर्मा, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख पवन मण्डल, नागेश्वर पाण्डेय लगायतका वक्ताहरुले नगरको स्वास्थ्यको सम्बन्धमा चर्चा परिचर्चा गर्नुभएको थियो । यसैवीच आजैदेखि बर्थिङ्ग सेन्टरको साथै ल्याव प्रयोगशाला पनि आजैदेखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया