Tuesday 11th of February 2025

महोत्तरीको गौशालामा बालिकालाई करणीको प्रयास,एक जना पक्राउ

0 Shares

गौशाला ः एक ८ बर्षिया बालिकालाई करणीको प्रयास गरेको आरोपमा महोत्तरीको गौशालाबाट प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।

शुक्रवार गौशाला नगरपालिका वडा नं. १२ स्थित एकीकृत नमुना मुसहरवस्तीकी एक ८ बर्षिया बालिकालाई जर्वजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले सर्लाही ईश्वरपुर नगरपालिका १ का २८ बर्षिय शंकर सदा लाई पक्राउ गरेको हो ।

घर सुनसान भएको मौका छोपी शंकर मदिराको नशा ध्रुत भई आफनी सालीकी ८ बर्षिया छोरीलाई जर्वजस्ती दुष्प्रयास गरेको अवस्थामा आफु समयमै आएपछि वालिकालाई बचाउन सफल भएको वालिकाकी आमा कोशिला सदाले बताईन ।

आफुले रोक्न प्रयास गरेपछि शंकरले आफुमाथि शिशाको बोतरले टाउकोमा प्रहार गरी बाहिर निस्के पछि बालिकाको बुवासंग पनि लछारपछार भएको थियो । सोही क्रममा स्थानियहरु आएर शंकरलाई नियन्त्रणमा लिएको वालिकाकी आमा कोशिला सदाले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा बताईन ।

यस घटना भन्दा पहिले पनि गत वर्ष २०७७ आश्विनमा पनि एक वालिकाको करणिको अभियोगमा सजाय पाएका थिए । एक पटक त शंकरले मदिरा सेवन गरी वर्ष ३ की आफ्नी छोरी माथि पनि करणिको प्रयास गरेको स्थानीयहरुले बताए ।

घटनाको सम्बन्धमा तुरुन्त प्रहरीलाई वोलाई कानुनी अनुसारको प्रक्रिया अगाडि बढाईसकेको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताईन ।

शंकर सदाको घर ईश्वरनगरपालिका भए पनि हाल गौशाला नगरपालिका वडा नं. १२ स्थित मुसहर नमुना वस्तिमा बसी आईरहेको स्थानीय देवकी सदाले बताईन । सासु एक्लै र वुद्ध भएको कारण दुवै छोरी र ज्वाईलाई घरमा राखेको सदाले बताईन ।

सासुलाई हेरचाहको सट्टा दैनिकी नै शंकर सदाले मदिरा सेवन गरी सासुलाई कुटपिट गरेको सदाले बताईन । शंकरले यसभन्दा अगाडि पनि सो वस्तीमा बारम्बार झै झगडा गर्दै आएको उपमेयर लामाले जानकारी दिईन ।

यता प्रहरीले शंकरलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया