Friday 19th of April 2024

नेकपा माओबादी केन्द्र प्रदेश नं. २ का सरकारमा सहभागी हुने निश्चित ।।

0 Shares

महोत्तरी : नेकपा माओबादी केन्द्र प्रदेश नं. २ का सरकारमा सहभागी हुने निश्चित भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओबादी केन्द्रले १ वटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएका छन ।

नेकपा माओबादी केन्द्र प्रदेश नं. २ का संसदीय दलका नेता भरत साहले रुपान्तरण अलनईनसँग कुराकानी गर्नुहुँदै आफनै नेतृत्वमा १ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला तथा सञ्चार तथा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएको कुराकानीको क्रममा बताउनुभयो ।

माओवादीका संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्य मन्त्री बन्ने बताइएको छ । साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् ।

जनता समाजवादी पार्टीको सरकार रहेको प्रदेश नं. २ मा यसअघि भएको सहमति अनुसार नै मन्त्रालयको टुङ्गो लागेकोले शनिवार सपथ ग्रहण गर्ने तयारी रहेको स्रोतको भनाई रहेको छ ।

शुरुमा २ वटा मन्त्रालय दिईने बताईएतापनि पछिल्लो समयमा आएर केन्द्रिय नेतृत्वको कारण १ वटा मन्त्रालयमा चित बुझाएर सरकारमा सहभागी हुने पर्ने अवस्था सिर्जना भएको नेकपा माओबादी केन्द्रका संसदीय दलका उपनेता जगत यादवले बताउनुभयो ।

यसभन्दा अगाडि जेठको अन्तिम सातामै प्रदेश सरकारमा सहभागी हुने निश्चिय भएतापनि अन्तिम समयमा आएर आन्तरिक कारणले सरकारमा सहभागी नभएको नेता यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया