प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम:  प्रदेश २ का एक मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।
मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्य मन्त्री कुशवाहाले बताए। राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।

आज शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन्।

प्रतिक्रिया