0
Shares
जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री पदबाट राजीनामा दिएका ज्ञानेन्द्र कुमार यादवलाई मुख्यमन्त्री लालबाबु राउतले विदाई गरेका छन् ।
मुख्यमन्त्री राउतले आज विहान गम्छा ओढाएर यादवलाई विदाई गरेका हुन् । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्री यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहालाई राजपाले राजीनामा दिन लगाएको छ ।
आज दिउँसो ३ बजे माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह र साँसद रुबी कर्ण मन्त्रीको शपथ लिने कार्यक्रम तय गरिएको छ ।