Tuesday 11th of February 2025

नेकपा माओबादी केन्द्र प्रदेश २ को सरकारमा सहभागी, मैथिली भाषामा सपथ लिन नदिएको गुनासो

0 Shares

जनकपुरधाम ः प्रदेश २ को आन्तरिक मामिला तथा कानुनमन्त्रीमा भरतप्रसाद साह र राज्यमन्त्रीमा रुवी कर्णले सपथ लिनुभएका छन ।

शनिवार मधेश भवनमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्रालयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत प्रसाद साहलाई मन्त्री पदको सपथ गराएका हुन ।May be an image of 8 people, people sitting and people standing

त्यस्तै सोही पार्टीकी साँसद रुवी कर्णलाई सोही मन्त्रालयको राज्यमन्त्रीको रुपमा सपथ गराएका हुन । उनीहरु दुवै जनाले शहिदको नाममा सपथ खाएका हुन ।

मैथिली भाषामा सपथ नलिएको गुनासो ।।

नवनियुक्त मन्त्रीद्धय साह र कर्णले मैथिली भाषामा सपथ लिन नदिएको गुनासो गरेका छन । मन्त्री पदको शपथ लिए लगत्तै उहाँहरु पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै यस्तो गुनासो पोखेका हुन ।May be an image of 2 people, people sitting, people standing and indoor

कानुन अभावको कारणले आफुहरुले मैथिली भाषामा शपथ लिन नपाएको नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री भरतप्रसाद साहले बताउनुभयो । भाषा विवादकै कारण दिउँसो ३ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम करिब सवा ४ बजेबाट मात्र सुरु भएको मन्त्री साहले बताउनुभयो ।May be an image of 2 people, people standing and indoor

माओवादीबाट मन्त्री बनेका साह र कर्णलाई बधाई दिन प्रदेश नं. २ का आठै जिल्लाबाट नेता कार्यकर्ताहरु जनकपुर आएका थिए । सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका हुन ।May be an image of 7 people, people standing and indoorMay be an image of 4 people and people standing

नेकपा माओबादी केन्द्र प्रदेश नं. २ का सरकारमा सहभागी हुने निश्चित ।।

प्रदेश २ सरकारका दुई मन्त्रीले दिए राजीनामा

 

प्रतिक्रिया