Monday 2nd of December 2024

गौशाला उद्योग वाणिज्य संघ विधान विपरित नविकरण गरिदै, सरोकारवालापक्षको ध्यानाकर्षण ।।

0 Shares

गौशाला ः गौशाला उद्योग वाणिज्य संघले नियम विपरीत नविकरण शुल्क असुल्दा स्थानीय व्यापारीहरुले विरोध जनाएको छ ।

स्थानिय व्यापारी, व्यवसायीलाई नविकरणको सम्बन्धमा कुनै किसिमको जानकारी समेत नगराईकन शुल्क उठाउदै आएको जनाएको छ । आ–आफ्नो मान्छेको मात्र नविकरण गर्ने प्रवृतिले सिंगो उद्योग वाणिज्य संघमाथि नै प्रश्नचिन्ह खडा भएको स्थानिय व्यवसायी विमल शा संकरले बताउनुभयो ।

अहिले कोभिडको कारण व्यवसायक्षेत्र आफै चौपट परेको समयमा गौशाला उद्योग वाणिज्य संघका प्रतिनिधिहरु चुनावी माहौल आफनोपक्षमा पार्ने उद्देश्यले गोप्य रुपमा नविकरणको चलखेल शुरु गरेकोप्रति विमलले आपति जनाउनुभयो । कोभिडबाट झन विचल्लीमा परेका व्यवसायीहरुलाई राहत दिनुको साटो व्यापारीहरुको छाता संगठनले पिडामा मल्हम दल्नुको साटो खुर्सानी दलिएको उनको आरोप लगाएका छन ।

यसरी विधानमा उल्लेख भएको रकमलाई संशोधन नगरिकन एक सय रुपैयाँको ठाँउमा पाँच सय रुपैयाँ असुल गर्दै आएको सा शंकरले बताउनुभयो । गलत तरिकाबाट पैसा उसुल्ने प्रक्रियाले हामी चुनावको पक्षमा नरहेको स्थानिय व्यापारी मनोज मिश्रले दावी गर्नुभयो । चुनावको बेला प्रतिनिधिहरुले पसल पसलमा गई विभिन्न किसिमको बाचा गरेतापनि आजसम्म आफुहरुलाई भेट समेत गर्न नआएको करण साईकल स्टोर्सका संचालक उपेन्द्र साहले बताउनुभयो ।

नविकरण गर्ने समय अवधि अषाढ ३१ गते सम्म मात्र रहे तापनि साउन महिनामा पनि नविकरण गर्नु आफ्नो भोटबैंक भनिने व्यापारीको पसलबाट प्यान नंम्बर लिर्ई लुकाई छिपाई नविकरण गरीरहेको संचालक साहले खुलासा गर्नुभएको छ । तीन वर्षको कार्यकालमा एक पटक पनि साधारण सभा नगराउन सक्नु र महोत्सवको हरहिसाब पारदर्शीता नगर्नुप्रति उद्योग व्यवसायीसंघमाथि प्रश्न चिन्ह खडा भएको स्थानिय रंजित कनौजियाले बताउनुभयो ।

यदि विधान संशोधनलाई मिचि पाँच सय रुपैयाँ असुल्दै आएकोमा र कानुन विपरीत कार्य भईरहेको थाहा भई भई व्यापारीहरुले आवाज नउठाउनु ठुलो चिन्ताको विषय रहेको कनौजियाको भनाई रहेको छ । यता गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजाराम गिरीले बर्तमान कार्य समितीले कसैसँग सल्लाह सुझाव नलिईकन मनपर्दी रुपमा कार्यसम्पादन गर्दै आएको खुलासा गर्नुभयो ।

आफुहरु विधान विपरीत कुनै पनि गतिविधी नगरेको पूर्वअध्यक्ष गिरीले जानकारी दिनुभयो । त्यस्तै संघका पूर्व अध्यक्ष विरेन्द्र कुमार साहले आफु संस्थापक अध्यक्ष भएतापनि आफुहरुसँग कुनै किसिमको विचार विमर्श नगरेकोले बर्तमान कार्यसमितीले गर्दै आएको कार्यसम्पादनको सम्बन्धमा कुनै किसिमको जानकारी भने नरहेको बताउनुभयो ।

उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितीमा रहेको पदाधिकारीहरुलाई समेत जानकारी एवम सल्लाह नगरिकन नविकरणसम्बन्धि कार्य सम्पादन गर्दै आएको पदाधिकारीका प्रतिनिधीहरुले आरोप लगाएका छन । यता उद्योग वाणिज्य संघका सचिव रमेश यादवले वर्तमान कार्यसमितीले यसभन्दा अगाडिको कार्यसमितीले गरिएको सहमतिलाई नै कार्यान्वय गर्न खोजेको जानकारी दिनुभयो ।

तोकिएको समय अर्थात असार मसान्तसम्ममा ७० जनाको मात्र नविकरण भएको जानकारी दिनुहुँदै सचिव यादवले अहिले म्याद थप नगरि व्यापारी व्यवसायीहरुको पसल नविकरण गराईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया