Sunday 9th of February 2025

सप्तरीबाट लागु औसध सहित एक युवक प्रकाउ

0 Shares

उमेश कुमार साह,  सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ०६ कडरबोना चौक स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यलाय कडरबोना सप्तरीबाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको कमान्डमा खटिएका प्रहरी टोलिले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेकाछन् ।

ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवान नेतृत्वको टोलीले गोप्य सुचानाको आधारमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना १ ज ७७१२ नम्बरको विङ्गर चेकजाँचको क्रममा विङ्गरको अगाडी चालक भन्दा बायाँ पट्टीको सिटमा बसेको सप्तरीको  अग्नीसाईर कृष्णा सोवरन गाउँपालिका वडा नम्वर ५ जनडाैलका १९ वर्षको मो. सदर अलीलाई पक्राउ गरेकाछन् ।

विङ्गरमा सवार भई गईरहेका अलीको हातमा बोकेको निलो रङ्गको झोलाबाट १० थान नाट्रोभेट टेबलेट गरि ३०० पिस ,  ३८ थान फेर्नागन एम्पुल, ३८ थान नोफिन एम्पुल लगायत अन्य एम्पुल गरि ११४ थप एम्पुल लागू औसध बरामद भएकोछ ।

अली माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिरेन्द्र पासमानले  जनाएको छ  ।

प्रतिक्रिया