गौशाला / गौशाला उद्योग वाणिज्य संघले कसैसँग सरसल्लाह नगरिकन मनपर्दी रुपले अगाडि वढदै आएकोकै कारण वजारको उचित रुपमा विकास हुन नसकेको गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजाराम गिरीले बताउनुभएको छ ।
महासंघको हालको कार्यसमितीको समयसीमा अन्तिम चरणमा रहेको समयमा समेत वजार विकासको हकमा सरोकारवाला निकायसमक्ष सहयोग माग्न नसक्नु, कसैसँग विचार विमर्श नलिनुजस्ता गतिविधीले बजार विकासको अवरोध रहेको पूर्वअध्यक्ष गिरीले बताउनुभयो । रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा पूर्वअध्यक्ष गिरीले व्यापारी व्यवसायीहरुको हकहितका लागि स्थापना भएको उद्योग वाणिज्य संघले विधानविपरीत नविकरणशुल्क उठाएर अहितको काम गरेको बताउनुभएको छ ।
रुपान्तरण विमर्श कार्यक्रममा कुराकानी गर्नुहुँदै पूर्वअध्यक्ष गिरीले भन्नुभयो–“अहिलेको विमश परिस्थितीमा राहत दिनुपर्ने ठाँउमा महासंघले विधान विपरित शुल्क असुल गर्दैछन । आपसी छलफल एवम विचार विमर्श नगरिकन कदम उठाईरहेको छ । जुन व्यापारी र व्यवसायीको हकहितमा कदापी छैन् ।”
गौशाला उद्योग वाणिज्य संघले वजार विकासको निम्ति यहाँका सर्वपक्षीय विचार विमर्शलाई मनन गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभयो ।
विस्तृतमा सुन्नुहोस कार्यक्रमको अंश जस्ताको त्यस्तै………
कार्यक्रम रुपान्तरण विमर्श, ३ साउन २०७८ आईतबार