0
Shares
पर्सा ः पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ का वडाध्यक्ष र सदस्यसहित तीन जना खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
पर्सा प्रहरीले उनीहरूलाई आइतवार राति जाँचका क्रममा ७९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ५५ वर्षीय वडाध्यक्ष अमेरिका सहनी, सदस्य ४० वर्षीय बलिस्टर सहनी र अर्का स्थानीय ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१९ बाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरू सवार ना १ ब ३५९५ नम्बरको सरकारी मोटरसाइकल र ना ६२ प १९४२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
उनीहरूवि?द्ध लागुऔषधवि?द्धको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने डीएसपी खनालले जानकारी दिए ।