काठमाडौं ः च्यासलमा चलिरहेको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार खोप भनिरहनु नपर्ने बताएका छन् ।
कोरोनाविरुद्धको पर्याप्त खोपको प्रबन्ध आफ्ेनै सरकारले मिलाइसकेकाले प्रधानमन्त्री देउवाले बारम्बार खोप भनिरहन नपर्ने ओलीले बताएका हुन् ।
आइतबार संसद अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीको पहिलो र अन्तिम प्राथमिकता नै कोरोनाविरुद्धको खोप भएको बताएका थिए ।
आज काठमाडौंमा सुरु भएको जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले आफ्नो मुख्य प्राथमिकता खोप रहेको बताएका थिए ।
‘हाम्रो सरकारले पहिले नै खोपको प्रबन्ध गरिसकेको छ,’ केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका कुरालाई एक केन्द्रीय सदस्यले भने, ‘हामीले प्रबन्ध गरिसकेको कुरालाई व्यवस्थापन गरेमात्र हुन्छ, खोप खोप भन्दै देउवा कराउनु पर्दैन ।’