Friday 20th of September 2024

अढाई लाख बढीको कपडा नियन्त्रण

0 Shares
मनोज यादव , सर्लाही । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका अढाई लाख रुपैयाँ भन्दा बढीको अवैध कपडा बरामद गरेको छ ।

प्रहरीले बुधबार साँझ जिल्लाको नेपाल भारत सिमावर्ती क्षेत्र अन्तर्गत बलरा नगरपालिका २ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेको अवैध कपडा सहित टेम्पु र चालकलाई नियन्त्रणमा लिएको हो । तस्करहरूले चोरी पैठारी गरी नेपालतर्फ सामानहरू ल्याउँदै गरेको गोप्य सुचनाको आधारमा नेपाल–भारत सिमावर्ती क्षेत्रमा खटिएका प्रहरीको टोलीले विआर ३० पि ६८१२ नम्बरको भारतीय टेम्पुमा राखेर ल्याउँदै गरेको अन्दाजी १ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडाहरू सहित अन्दाजी २ लाख ५० हजार पर्ने टेम्पु र चालकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय गडहियामा बुझाइ बिहिवार आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको हो ।

त्यस्तै सोही साँझ लालबन्दी नगरपालिका वडा १ नवलपुर स्थित बसपार्कबाट पनि विभिन्न प्रकारका अवैध कपडा बरामद भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट गस्तीमा हिंडेका प्रहरी टोलीले नवलपुर स्थित बसपार्कको छेउमा राखिएका तीनवटा प्लास्टिकको बोरा फेलापारी चेकजाँच गर्दा भन्सार छली चोरी पैठारी गरि ल्याएको विभिन्न प्रकारका अन्दाजी १ लाख ६० हजार ३ सय रुपैयाँ बराबरको कपडा बरामद गरि भन्सारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।

प्रतिक्रिया