Friday 20th of September 2024

कक्षा १२ को परीक्षा साउन चौथो हप्ताबाट गर्ने बोर्डको तयारी

0 Shares

काठमाडौं ः  कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्ष यहि साउनको चौथौ हप्तादेखि राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा गर्ने भएको हो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आए लगत्तै राष्ट्रिय परीक्षा बोर्डले सो निर्णय गरेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ उहाँले बताउनुभयो । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया