0
Shares
गौशाला ः सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिइने घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरइदको अवसरमा विदा दिने निर्णय गरेको हो ।
बकर इदको अवसरमा विदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बकर इदमा बिदा थियो। पछि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बिदा काटिएको थियो ।
नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो ।
नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।