Friday 19th of April 2024

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताले आज नयाँ घोषण गर्ने

0 Shares

काठमाडौं ः  पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले नयाँ घोषणा गर्ने भएका छन् ।

मंगलबार दिउँसो ३ बजे एक कार्यक्रम गरी नयाँ घोषणा गर्न लागेको त्यो समूहका एक नेताले जानकारी दिए ।

भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्यालेसमा कार्यक्रम हुँदैछ ।

ओली सरकारका पूर्वमन्त्री प्रभु साह, टोपबहादुर रायमाझी, लेखराज भट्ट, राष्ट्रिय सभा एमाले संसदीय दलका नेता सुमन प्याकुरेल लगायतको उपस्थिति हुने जानकारी दिइएको छ ।

साथै कार्यक्रममा एमालेका अन्य नेताहरु पनि सहभागी ती नेताले जानकारी दिएका छन् ।

त्यो नयाँ घोषणा भनेको के हो ? भन्ने बारेमा भने खुलाउन चाहेनन् । ‘देशव्यापी रुपमा केही हुने गरी केही घोषणा गर्न लागिएको हो । विस्तृत कार्यक्रममै घोषणा हुन्छ’ ती नेताले भने ।

प्रतिक्रिया