बर्दिबास ः महोत्तरीको बर्दिबासमा ‘तेस्रो बर्दिवास महोत्सव’ को आयाजना भएको छ ।
बर्दिवास उद्योग वाणिज्य संघले शनिबार (आज) पत्रकारसम्मेलनमा महोत्सव फागुन २५ देखि चैत्र ८ गतेसम्म आयोजना हुने जनाएको छ । महोत्सव १३ दिनसम्म संचालन हुने बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका महासचिव भवनाथ खतिवडाले जनाएको छ ।
कोरोना महामारीले सुस्ताएको व्यपार–व्यवसायलाई चलायामान बनाउन महोत्तरीको बर्दिबासमा तेस्रो बर्दिबास महोत्सव २०७७ को आयोजन हुने भएको छ । विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणले सुताएको व्यपार प्रबद्र्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ । ‘कोरोना महामारीले हामी व्यवसायी एक किसिमले थला नै परेका छौं । आयोजन गरिन लागेको महोत्सवले कृषि उपब्ज, होटल, पर्यटन क्षेत्रको प्रबद्र्धनमा पक्का सहयोग पुग्छ,’ बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका महासचिव खतिवडाले पत्रकार सम्मेलनमा भने ।
मुख्यमन्त्री लालबाबु राउतबाट महोत्सवको उद्घाटन गरिने कार्यक्रम छ । महोत्सवमा १ सय ५० स्टल राखिने बताइएको छ । ढेड लाख दर्शक उतार्ने लक्ष्य लिएको महोत्सव आयोजनमा ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यपार प्रवद्र्धनका लागि महोत्सवको आयोजन गर्न लागिएको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले जनाएका छन् ।गत बर्ष आयोजन गर्ने भनिएको बर्दिबास महोत्सव कोरोना संक्रमणका कारण स्थगित भएको थियो ।
स्थानीय बस्तुहरुको प्रदर्शनी, ब्यबसायिक स्टल, अत्याधुनिक खेल समाग्री,चर्चित कलाकारको प्रस्तुतीकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट ५५ रुपैंया तिर्नु पर्ने शुःल्क राखिएको छ ।
एउटा स्टलको १७ हजार ५ सय राखिएको छ । बर्दिबास उद्योग बाणिज्य संघमा आवद्ध रहेका व्यवसायीलाई स्टल शुःल्कमा २० प्रतिशत छुटको प्रबन्ध मिलाईको छ ।बर्दिबास क्षेत्रको कृषी उत्पादनको क्षेत्र कुनै शुःल्क लाग्ने छैन ।