Monday 13th of January 2025

मन्दिरको पुजारी दासकाे करेन्ट लागेर मृत्यु

0 Shares

जनकपुरधाम : सर्लाहीमा करेन्ट लागेर राम जानकी मन्दिरका पुजारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नं. ८ घर बताउने ६० वर्षीय किशोरी दास बैरागी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।


पुजारी बैरागी बसवरिया गाउँपालिका वडा नं. ६ सोहडवा स्थित रहेको राम –जानकी मठमा विगत ४५ वर्ष देखी पुजारीको रुपमा बस्दै आएका थिए । पुजारी बैरागीको भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।


करेन्ट लागेर मृत्यु भएका पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको हो ।

प्रतिक्रिया