Saturday 20th of July 2024

मुलुककै पुरानो चन्द्रहर भत्कियो, तीन सय भन्दाबढी घर डुबानमा

0 Shares

राजविराज : अबिरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर ४ बलार्दह स्थित मुलुककै पुरानो चन्द्रनहरको बाँध भत्किएको छ । सात वटा नदिमा आएको खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहरको बाँध भत्किएको हो ।

सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतमका अनुसार नहरको बाँध दुई ठाउँमा भत्किएको छ । करिब ५० मिटर नहर भत्किएको छ । ‘अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ उनले भने ।
अबिरल वर्षाका कारण बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका ३ सय भन्दा बढी घर परिवार डुबानमा परेका छन् । मेयर गौतमका अनुसार सप्तकोशी नगरपालिकाका वडा नम्वर १, २, ४ र ११ वडाका घर डुबेका परेका छन् । ती घरमा ३ फिटसम्म पानी जमेको छ ।

सोमबार राति देखि परेको अबिरल वर्षाका कारण जिल्लाका नदि र खोलाहरुको जलस्तर बढि रहेका छन् ।

प्रतिक्रिया