मटिहानीमा धर्मशाला उद्घाटन

महोत्तरी / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा न ७ स्थित रामजानकी परिक्रमा धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । परिक्रमा बासीलाई निः शुल्क रुपमा भोजन उपलब्ध गराउदै आएको सो स्थानमा रामजानकी धर्मशालाको निर्माण भएको हो ।

मंगलवार एक समारोहकाबीच नगर प्रमुख हरि प्रसाद मण्डलले सो धर्मशालाको उद्घाटन गर्नु भएको हो । सो अवसरमा नगरप्रमुख मण्डलले बिकासको विभिन्न गतिबिधि बनाउने क्रममा यो धर्मशाला निर्माण गरिएको बताउनुभयो ।

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकाको कार्यालयले २ वटा कोठा , शौचालय र कम्पाउन्ड वाल सहितको धर्मशाला निर्माण गरिएको हो । करिव ३८ लाख ५० हजारको लागतमा सो धर्मशालाको निर्माण कार्य सम्पन्न भएको नगरपालिकाको इन्जिनियर बिमलेश साहले बताउनुभयो ।

 

प्रतिक्रिया