Monday 24th of June 2024

महोत्तरी ः विछोड भएको एक वर्ष पछि बुवा भेटे

0 Shares

सिरहा :सिरहाको धनगढीमाई नगरपालिका १ बाखर गाउँमा २०७७ कार्तिक महिनाको २ गते बौलाहाको रुपमा एयटा नयाँ अनुहार देखा परेको थियो । घर घरमा मागी खाने त्यो बौलाहा जस्तो मान्छे महोतरी जिल्ला सम्सी गाउँ पालिका ४ का सत्य नारायण राय यादवको रहेको पहिचान भएको छ ।

घर घरमा मागी रहदा सोही गाउँका मनोज भण्डारीले बहालाई आफनो घरमा लगी दुई छाक खान दिई आफनो खेतवारीको काममा लगाई रहन्थ्यो । १० महिना पछि स्थानिय युवा नथुनि मोचिको अगुवाईमा टेलिफोन सम्पर्क गरी साउन ४ गते बहाँका छोरा असल किशोर यादवलाई सम्पुर्ण गाउले र धनगडीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण महतो रोहबरमा जिम्मा लगाईको छ ।

असल किशोरका अनुसार मेरो बुवा २०७७ रक्षा बन्धनको दिन आमालाई म खेत तिर जान्छु भने गएको थियो त्यस पछि फर्र्केन त्यही दिन देखि खोजतलास गर्दैछु । खोजतलासको क्रममा जनकपुर जलेश्वर भारतका केहि ठाउँमा खोजे तर कहि भेटाएन । आज बुवासंग भेट भएको छ मलाई खुशि लागी रहेको छ म धन्यवाद दिन चाहन्छु यहाँका सम्पुर्ण समाजहरुलाई कि मेरो बुवालाई सकुशल राख्नु भएकोछ ।

एउटा बुवाले आफनो छोरासंग एका वर्ष पछि भेटेसंगै बुवाको आँखाबाट आँसु थाम्न सकिएन । आँसु देखेर त्याहाँ उपस्थित सबैको आखाँबाट आसु झरेका थिए । एक वर्ष बिछोडको पिरा ।

यता गाउलेको तर्फबाट बहाँलाई सम्मान सहित विदाई गर्ने व्यवस्था मिलाई रहेको समाजसेवि चन्देश्वर कामैतले बताए ।

प्रतिक्रिया