Saturday 15th of June 2024

सम्पत्ति लिएर श्रीमती अर्कैसँग फरार

0 Shares

ढल्केवर : धनुषाका रामप्रकाश साह यतिबेला श्रीमती अर्कैसँग पोइल गएपछि न्यायको खोजीमा छन् । जिल्लाको धनुषाधाम ९ धारापानीका रामप्रकाशको श्रीमती गुडिया देवी मिथिला नगरपालिका ७ ढल्केवरका घुरन यादवसँग पोइल गएपछि न्यायको खोजीमा लागेका हुन् । उनी न्याय खोज्दै यतिबेला मिडियामा आएका छन् ।

पोइल हिँडे्की श्रीमती गुडियाले ऋण तिर्न घरमा राखेको नगद पाँच पचास हजार, विभिन्न बैंकमा बचत गरेको रकम करिब ५ लाख, छोरीलाई भनेर किनिदिएको ४ तोला सुन आफैले लगाउँदै आएको करिब ४ तोला सुन गरी जम्मा १६ लाख मुख्य बराबरको सम्पति लिएर भागेको उनको आरोप छ ।

श्रीमती अर्कैसँग गएपछि चार जना स–साना छोराछोरीहरू बिचच्ली भएको रामप्रकाशले बताए । उनले श्रीमती गुडिया यही असार ७ गते घरवार छोडेर पोइसँग गएको जनाए । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ बस्ने विन्देश्वर साह तथा किरण देवी साहकी छोरी गुडियासँग २०६३ सालमा मागी विवाह गरेका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै रामप्रकाशले करिब ४÷५ वर्ष पहिले देखि नै विङगर गाडी चालक यादवसँग पत्नी गुडियाको सम्बन्धमा रहेको खुलासा गरे । यो कुरा छोराछोरीलाई समेत थाहा पाएर आफुलाई सुनाएपछि श्रीमतीलाई यस्तो गर्नु हुँदैन भनेर पटक–पटक सम्झाएको सुनाए ।

धारापानीको मुख्य चोकमा फलफूल व्यवसाय गर्दै आएकी गुडियाको चिनजान घुरनसँग फलफूल ल्याउने क्रममा भएको बताइन्छ । श्रीमती पोइसाग गएपछि घरपरिवारको प्रतिष्ठा गुमाएको उनको भनाइ छ ।

करिब १ वर्ष अगाडि गुडिया र घुरन महेन्द्रनगरस्थित ससुराली घरमासँगै सुते बसेका कुरा उनकी कान्छी छोरी दिपिकाले देखेपछि बुबालाई भनेकी थिइन् । त्यसपछि पति रामप्रकाशले श्रीमतीलाई गलत काम नगर्न पटक पटक सुझाव पनि दिएका थिए ।
गुडियाको अबैध सम्बन्धबारे उनका आमाबुबालाई आफुले जानकारी गराए पनि बेवास्ता गरेको र उल्टै मलाई नै धम्की दिने गरेको उनले आरोप समेत लगाए । आमाबुबाकै संलग्नतामा गुडिया विङगर चालकसँग फरार भएको रामप्रकाशको कथन छ।

उनले विङगर चालक घुरनसँग श्रीमती भागेको कुरा विङगर साहु रूपलालकी श्रीमतिबाट आफुले थाहा पाएको बताए ।
यस विषयमा इलाका प्रहरी कार्यालय ढल्केवरमा असार १० गते किटानी जाहेरी दिएको भएपनि प्रहरीले उनलाई हालसम्म उपस्थिति नगराएको बताए ।

रामप्रकाशको घरमा जेठी छोरी राधा साह १३ वर्ष, छोरा मञ्जित साह ११ वर्ष, छोरी ज्योती साह ७ वर्ष र कान्छी छोरी दिपिका साह ४ वर्षका छन् ।

करिब १५-१६ लाख बराबरको सम्पत्ति लगेपछि कलिला छोराछोरीको बिचल्ली हुने भन्दै रामप्रकाशले घर तथा बैंकबाट लगेको रकम र सुन फिर्ता गर्न आग्रह गर्दै मिडियामा आएको बताए ।

प्रतिक्रिया