Friday 12th of July 2024

प्रदेश २ : बस पल्टिँदा एक जनाको ज्यान गयो, दर्जनौं घाईते

0 Shares

जनकपुर : जनकपुरबाट चल्ने एक यात्रुबाहक बस सिरहामा पल्टिदाँ एक जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गमै रहेको सिरहाको जिरोमाईलबाट सीमावर्ती क्षेत्र बरियारपट्टि तर्फ गइरहेको बा २ ख ७१९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ सन्तनगरस्थित यात्रुबाहक बस पल्टिदाँ एक जनाको घटनास्थलमै ज्यान गएको छ भने करिब १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार बसमा २५ देखि ३० जना यात्रुहरु सबार रहेकोमा करिब १५ जना घाईते भएका छन् भने उनीहरुको उपचार स्थानीय आरके मेडिसिटि हस्पिटलमा उपचार भइरहेको छ ।

सडकदेखि तल खेतमा पल्टिएको बसलाई जेसिबीको सहाराले सडकमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको जनाउँदै मृतकको नाम अहिले खुल्न नसकेको बताए ।

अपरान्ह करिब ५ बजेतर्फ पल्टिएको सो बसमा सबार एक जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । यद्ययी, मृतको सनाखत भने हुन सकेको छैनन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

घाईते सबै जनाको अवस्था समान्य रहेको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया