Tuesday 11th of February 2025

मटिहानीको लक्ष्मीसागरमा महाआरती प्रारम्भ ।।

0 Shares

महोत्तरी / महोत्तरीको मटिहानी स्थित पौराणिक, धार्मिक एवं ऐतिहासिक लक्ष्मी सागरमा लक्ष्मीनारायण भगवानको साप्ताहिक रुपमा संध्या आरती प्रारम्भ भएको छ ।


मटिहानी नगरपालिका र लक्ष्मीसागर तथा आरती व्यवस्थापन समिति मटिहानीको संयुक्त आयोजनामा हरेक विहिवार हप्ताको एक दिन आरती हुने कुरा जनाईएको छ । यसै विच सो आरती कार्यक्रमको आज एक समारोह वीच गंगा आरती जनकपुरधामका अध्यक्ष एवं प्रदेश सभा सदस्य राम अशिष यादव, लक्ष्मी नारायण मठका मानमहन्थ जगन्नाथ दास बैष्णव र मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डलले संयुक्त रुपमा आज साँझ दिप प्रज्वलन गरी उद्धाटन गर्नु भयो ।

सायद उभिएको को तस्बिर हुनसक्छ
आरती प्रारम्भ हुन भन्दा अगाडी लक्ष्मीसागर पोखरीको विधिवत जलपुजा गरिएको थियो । त्रेता यूगमा राम र सीताको विवाह हुँदा विवाहको यज्ञवेदी निर्माण गर्न सो पोखरीबाट माटो खनी लगेको धार्मिक विश्वास रहेको छ ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ
विगतमा फोहोर र जलकुम्भीले भरिएको सो ऐतिहासिक पोखरीमा पक्की घाट विजुलीबतीको व्यवस्थापन एवं सरसफाई गरी प्रसिद्ध पोखरीमा आरतीको आयोजना गरिएको कुरा मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डलले बताउनु भयो ।
लक्ष्मीसागर तथा आरती व्यवस्थापन समितिका अध्यक्ष बरुण मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मानमहन्थ जगन्नाथ दास बैष्णव, मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डल, निमित प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य विजय साह, गा.वि.स. पूर्व अध्यक्ष राम कुमार मण्डल, राजकीय संस्कृत मा.वि.का प्र.अ. ईश्वरी पौड्याल, जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष लभ कुमार सिंह , वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी लगायतका वक्ताहरुले आरतीको शुभारम्भ हुदाँ खुशी व्यक्त गरेका छन् ।

सायद pool को तस्बिर हुनसक्छ
आरतीको दर्शन गर्न हजारौको संख्यामा श्रद्धालुहरु तथा नगरबासीहरुको भिड लागेको थियो ।

प्रतिक्रिया