Friday 12th of April 2024

पर्साको वीरगञ्जबाट अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ

0 Shares

वीरगञ्ज ः पर्साको वीरगञ्जबाट अवैध चाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन् ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा प्रहरीले आज बिहान साढे ८ बजे उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–२ मेघराका ४३ वर्षीय अंगद साह रहेका छन् ।

साहलाई वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।

उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना पाँच किलो ३३४ ग्राम फेला परेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

उनले कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने बताए ।

प्रतिक्रिया