Saturday 5th of October 2024

त्यै चुँप, मै चुँपकै कारण पङगु बन्यो गौशाला उद्योग वाणिज्य संघ ।।

0 Shares

गौशाला / महोत्तरीको गौशाला वजारको चौतर्फी विकासको निम्ति स्थापना भएको गौशाला उद्योग वाणिज्य संघ बर्तमान समयमा आएर अस्तव्यस्त अर्थात पङगु बनेको छ । जिल्लाकै प्रमुख व्यापारी केन्द्रमध्ये एक रहेको गौशाला बजार विकासतर्फ फड्को मार्न सकेको छैनन् । गौशाला नगरपालिकाको मुटुको रुपमा परिचित रहेको गौशाला बजार पछिल्लो समयमा आएर फोहोरमय, अस्तव्यस्त बन्दै गएको छ ।

गौशाला उद्योग वाणिज्य संघको अधिनमा देशकै ठुलो चिनीमिल एभरेष्ट सुगर मिल रहेको छ भने वजार परिसरमा अनेकौ मन्दिर एवम् शक्तिपीठहरु स्थापित रहेको छ । साथै निगौल गाई गौशालाको सैयौ विग्हा जग्गा यसबजारको छेउमा रहेको छ । जुन वजार विकासको लागि सकारात्मक भुमिका निर्वाह गर्नका लागि सहयोगी सावित हुनसक्छ ।

पूँजीपातीको कव्जामा उद्योग वाणिज्य संघ

गौशाला नगरपालिकाकै एक अभिन्न अंग रहेको यस बजारको विकास नहुनुको अनेकौ कारणहरु रहेका छन । जसमध्ये एक हुन पूँजीपतिको ईशारामा संघ संचालन हुनु । हुन त त्यस्ता व्यक्तिहरुद्धारा संचालित भएतापनि गौशाला उद्योग वाणिज्य संघको आर्थिक एवम् प्रशासनिक अवस्था अत्यन्त दयनीय रहेको छ । संघको चुनाव हुने समयमा स्वच्छ एवम निष्पक्ष तथा कर्मठ पदाधिकारी चयन हुन नसक्नुको कारण पनि पुँजीपतिबालाको सामने निरिह हुनु रहेको स्थानिय व्यापारीहरुको बुझाई रहेको छ । यस बजारमा संचालित व्यवसायबाट यहाँका व्यापारीहरु दैनिक रुपमा न्युतम एक हजारभन्दा बढिको नै कारोबार गर्ने गर्दछन् । आम्दानीको रुपमा दैनिक हजारौ रकम आम्दानी भएतापनि चुनावको आएको समयमा यहाँका व्यापारीहरु पुँजीपति बर्गको सामुन्ने निरिह बन्ने गरिन्छ । जसको कारण सक्षम प्रतिनिधी चयन हुँन सक्दैन । ती पुँजीपतिबालाहरु उद्योग वाणिज्य संघको चुनावमा आफनो पक्षीय नतिजा ल्याउनका लागि डोनेशन ( आर्थिक रुपले लगानी) गरेको हुन्छ, । फलस्वरुप ती समुह विजयी भएतापनि निष्पक्ष रुपमा कार्यसम्पादन गर्नका लागि असमर्थ रहेका हुन्छ । करिब दुई तीन दिन अगाडी पनि एक पुँजीपतिबालाले यहाँका पच्चीस ओटा पान नं. संकलन गरि आफै रकम तिरेर नविकरण गराएको फेला परेको थियो । सोही क्रममा समितिभित्र विवाद उत्पन्न भएपछि सो तथ्य सार्वजानिक भयो । पछि त्यो नविकरण हुन त भयो तर नगद पाँचसय तिर्नुपर्यो ।

बरबुझार्थ नगर्दा अझ हरहिसाव पारदर्शीता भएन ।।

गौशाला उद्योग वाणिज्य संघको अनेकौ कार्यकालको हरहिसाबको अझ पारदर्शी हुन सकेको छैन । कार्यकाल सम्पन्न भएर एक अर्कालाई पद एवम् कार्यभारको जिम्मेबारी हस्तान्तरण गरेतापनि हरहिसावको सम्बन्धमा बुझिबुझार्थ गर्न सकेको छैनन । विगत दुई कार्यकालको हरहिसाव अझ वुझिबुझार्थ हुन नसकेको एक जना व्यापारीले बताए । अटेर र लाजपचाई समय सिमाभन्दा बढी बसी मौकाको फाईदा उठाउदा रहेछ ती पुँजीपतिबाला । लाजमर्दो विषय बनेको ती व्यक्तिहरु यहाँका व्यापारीको लागी अरुको भलो किसिमको कुनै कामकाज गर्दैनन । उनीहरुको तमाशा यहाँका व्यापारीहरु हेर्नु शिवाय केही गर्न सक्दैन । यसरी नै सधैं चपुलागी तमासा नै हेर्ने हो भने केही दिनमा ती पँुजीवालाले चुनाव नै नगराई आफुहरुले चाहेको अनुसार समिति चयन गरी मौकाको फाईदा उठाउने दिन आउन अब धेरै दिन बाँकी छैन । तसथै समयमै सोचौ र संघलाई सक्षम बनाउनका लागि सकारात्मक भुमिका निर्वाह गरौ ।

विधान विपरीत नविकरण शुल्क उठाउँदै ।।

उद्योग वाणिज्य संघ गौशालाको विधानमा प्रति बर्ष १ सय रुपैयाँ तिरेर नविकरण गराउन सकिने प्रावधान रहेको छ ।

गौशाला उद्योग वाणिज्य संघ विधान विपरित नविकरण गरिदै, सरोकारवालापक्षको ध्यानाकर्षण ।। | Rupantaran Online
उद्योग वाणिज्य संघले नविकरणवापत उपलब्ध गराएको विलको छाँयाकपी

बर्षेणी असार मसान्तभित्रमा यसरी सो रकम तिरेर नविकरण गर्नुपर्ने विधानमै उल्लेख रहेका छन । तर यसबर्ष साउनको पहिलो हप्तासम्ममा पनि नविकरण भईरहेको थियो । वार्षिक ५ सयका दरले साउनको पहिलोसातासम्म नविकरण गराउँदा समेत कुनै पनि व्यापारी, व्यवसायीहरु एक शब्द वोलेका छैनन । उनीहरु चुँप लागेर उद्योग वाणिज्य संघको कर्तुत महाभारतको गन्धारी झै आँखा भएर पनि मौन भई रमिता हेर्न शिवाय केही गर्न सकेनन् ।

आवश्यक सरसल्लाह हुनै छाडियो : संस्थापक अध्यक्ष साह

गौशाला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विरेन्द्र कुमार साहले बर्तमान कार्य समितीले समय समयमा आवश्यक रुपमा छलफल एवम परामर्श नलिएकै कारण संघले प्रगति गर्न नसकेको बताउनुभयो । बैठक एवम परामर्श नगरेकै कारण यहाँका व्यापारी व्यवसायीहरुको मनोकांक्षा एवम संस्था विकासको निम्ति सकारात्मक सोचको विकसित हुन नसकेको अध्यक्ष साहले बताउनुभयो ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ
विरेन्द्र कुमार साह / संस्थापक अध्यक्ष

उहाँले अगाडि भन्नुभयो—‘वजार विकासको लागि अनेकौ सरोकारवाला निकाय रहेको छ तर पहल गर्न नसकेकै कारण अन्य विकसित वजारको तुलनामा गौशाला बजारको विकास कमजोर सावित भएको हो ।’ गौशाला महोत्सवको आयोजना गरेतापनि सो को फाईदा यहाँका व्यापारी, उपभोक्ता लगायत सर्वसधारणले फाईदा लिन नसकेको जनाउँदै अध्यक्ष साहले दावी गर्नुभयो । उहाँले थप्नुभयो —‘आफुले निकै नै मेहनेत गरि यहाँ उद्योग वाणिज्य संघको स्थापना गरेका थियौ तर बर्तमान परिवेशमा लक्ष्यविहीन सावित भईसक्यो । पदाधिकारी एवम सरोकारवाला निकायले समयमै चासो नदेखाएकै कारण आज क्रमिक रुपमा गौशाला बजार जर्जरको अवस्थामा पुगेको छ ।’

राहत दिनुपर्ने ठाँउमा शुल्कवृद्धि व्यवसायीमैत्री भएन : पूर्वअध्यक्ष गिरी

अहिले कोरोना महामारीको कारण आर्थिक अवस्था चौपट रहेको समयमा राहतको लागि गौशालाका व्यापारीहरु राहतको प्रतीक्षामा रहेको गौशाला उद्योग वाणिज्य संघका पूर्वअधयक्ष राजाराम गिरीले बताउनुभयो ।

राजाराम गिरी/गौशाला उद्योग वाणिज्य संघका पूर्वअधयक्ष

पूर्वअध्यक्ष गिरीले व्यापारी व्यवसायीहरुको हकहितका लागि स्थापना भएको उद्योग वाणिज्य संघले वर्तमान परिवेशमा विधानविपरीत नविकरण शुल्क उठाएर अहितको काम गरेको बताउनुभएको छ । पूर्वअध्यक्ष गिरीले भन्नुभयो–“अहिलेको विमश परिस्थितीमा राहत दिनुपर्ने ठाँउमा महासंघले विधान विपरित शुल्क असुल गर्दैछन । आपसी छलफल एवम विचार विमर्श नगरिकन कदम उठाईरहेको छ । जुन व्यापारी र व्यवसायीको हकहितमा कदापी छैन् ।”
गौशाला उद्योग वाणिज्य संघले कसैसँग सरसल्लाह नगरिकन मनपर्दी रुपले अगाडि वढदै आएकोकै कारण वजारको उचित रुपमा विकास हुन नसकेको गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजाराम गिरीले बताउनुभएको छ । महासंघको हालको कार्यसमितीको समयसीमा अन्तिम चरणमा रहेको समयमा समेत वजार विकासको हकमा सरोकारवाला निकायसमक्ष सहयोग माग्न नसक्नु, कसैसँग विचार विमर्श नलिनुजस्ता गतिविधीले बजार विकासको अवरोध रहेको पूर्वअध्यक्ष गिरीले बताउनुभयो । गौशाला उद्योग वाणिज्य संघले वजार विकासको निम्ति यहाँका सर्वपक्षीय विचार विमर्शलाई मनन गर्नुपर्ने आवश्यकता उपर उहाँले जोड दिनुभयो ।

आफुहरु कुनै किसिमको गल्ती गरेकै छैन : अध्यक्ष साह

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले आफुहरु विधान विपरीत नगएको दावी गरेका छन । अघिल्लो कार्यकालका पदाधिकारीहरुले निर्णय गरे अनुसार यसपटकको लागि पनि नविकरण शुल्क निर्धारण गरिएको अध्यक्ष साहले बताउनुभयो ।

गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साह

अध्यक्ष साह भन्नुहुन्छ—‘पूर्वअध्यक्ष राजाराम गिरीले समितिबाट माईन्युट पास गरेर १३ सय लिएको कारण आफुहरुले सोही अनुसारको रकम उठाउदै आएको छु । व्यापारी, व्यवसायीसँग नविकरण शुल्क लिएर आफुहरु कुनै गल्ती गरेको छैन । आफुले गल्ती गरेको भए सो को मुल्याङ्कन यहाँका व्यापारीवर्गले गरिनेछ ।’ उहाँले अगाडि भन्नुभया—‘महंगो समयमा वार्षिक रुपमा नविकरण शुल्क एक सय रुपैया लिएर कार्यालय संचालनको लागि घरभाडा, मसलन्द खर्च पु¥याउने गाह्रो हुन्छ । समय अनुसार रकम बृद्धि गरिएको हो ।’

संस्थाका विधानको छाँयाकपी

वजार विकासको लागि सवैको सकारात्मक भुमिकाको अत्यन्त आवश्यक रहेको छ । तसर्थ यहाँको व्यापारी, व्यवसायी, ग्राहक तथा उपभोक्ताको हकहितमा ध्यानमा राखि वजार विकासको लागि समयमै सकारात्मक सहयोगको आवश्यकता देखिन्छ । देशमा तीनैतहका सरकारले आर्थिक रुपान्तरणका लागि अगाडि बढेको समयमा सम्बन्धित सरोकारवाला निकायलाई हातमा हात राखि अगाडि बढनुपर्ने आवश्यक देखिन्छ ।

गौशाला उद्योग वाणिज्य संघले नियम विपरित सदस्यता शुल्क उठाउँदै

गौशाला उद्योग वाणिज्य संघ विधान विपरित नविकरण गरिदै, सरोकारवालापक्षको ध्यानाकर्षण ।।

गौशाला बजारको विकासको निम्ति उद्योग वाणिज्य संघको खासै भुमिका रहेन: पूर्वअध्यक्ष गिरी

 

प्रतिक्रिया