0
Shares
गौशाला ः सुर्खेतको बनगाड कुपिण्डे नगरपालिका ५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय आफ्नै भाई सन्दीप परियारको हत्या गरेका छन् ।
सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।
बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।