Thursday 6th of February 2025

जसपाको विवादमा सुनुवाइ हुँदै, आजै आदेश आउन सक्ने

0 Shares

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुँदै छ । अहिले बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सचिव सुरेश अधिरकारीले जानकारी दिए ।

आजै बहस सकिएर केही आदेश हुन सक्ने उनको भनाइ छ । “आज ११ बजेबाट सुनुवाइ छ । सम्भवतः दुवैतिरको बहस आजै सकिन्छ होला । दुवै पक्षको समय डेढ–डेढ घण्टा दिइएको छ । त्यसो गर्दा करिब साढे तीन घण्टा बहस हुन्छ होला । आज केही आदेश आउन सक्छ,” आयोगका सचिव सुरेश अधिकारीले भने ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलासमा बहस हुनेछ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो । उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपामा यादव र अध्यक्ष महन्थ ठाकुर पक्षबीच विवाद छ ।

प्रतिक्रिया