परिवर्तन, प्रणाली र संविधानको रक्षार्थको जिम्मेवारी नेपाली काँग्रेसको काँधमा : उपसभापति निधी ।।

महोत्तरी / परिवर्तन, प्रणाली र संविधानको संरक्षणको निम्ति नेपाली काँग्रेस हमेशा तयारी अवस्थामा रहने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले बताउनुभएको छ ।

सायद २ जना मानिसहरू को तस्बिर हुनसक्छमहोत्तरीको जलेश्वरमा आयोजित महेश्वर प्रसाद सिंह स्मृतिभवनको उदघाटन तथा शालिक अनावरण समारोह कार्यक्रमकाबीच उपसभापति निधीले नेपाली काँग्रेसले देशमा परिवर्तन, प्रणाली र संविधान ल्याउनको लागि दृढतापुर्वत अथकपूर्वक भुमिका निर्वाह गरेकोले यसलाई रक्षार्थका निम्ति नेपाली काँग्रेस हरपल तयार रहेका प्रतिवद्धता जनाउनुभयो ।

महेश्वर प्रसाद सिंहले मधेशमा दिएको योगदानलाई हामी कहिल्यै विर्सन नहुने र यसलाई हामीले आ आफनो भाषामा उहाँको योगदानलाई जीवन्त राख्ने किसिमले भुमिका निर्वाह गर्नका लागि नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कार्यक्रमकाबीच पूर्व गृहमन्त्री समेत रहनुभएका नेता निधीले प्रदेश नं. २ को विकासका लागि अझ पनि नेपाली काँग्रेसको आवश्यकता रहेकोप्रति जोड दिनुभएको छ ।

सायद ७ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

देशमा विकास, समृद्धि र आर्थिक समुन्नतीको अभिभारा नेपाली काँग्रेसको काँधमा रहेकोले अगामी १४ औं महाधिवेशनले अझ सशक्त भुमिकामा प्रस्तुत हुने निधीले जोड दिनुभयो । कार्यक्रमकाबीच प्रदेश नं. २ सरकारका मन्त्रीहरु, सभासदहरु, पूर्वसभासदहरुले नेपाली काँग्रेसको भुमिका र विकासको सम्बन्धमा चर्चा परिचर्चा गर्नुभएको थियो ।

 

 कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका उपसभापति निधी, ७ साउन, २०७८

 

प्रतिक्रिया

सम्बन्धित समाचार