वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

वीरगन्ज : वीरगञ्ज महानगरपालिका–२४ रमगढवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मोहित फुड प्रोडक्ट प्रालि (सोयाबिन फ्याक्ट्री)मा काम गर्ने जिराभवानी गाउँपालिका–३ सहजनपुरका ३५ वर्षीय पदमदेव राय चौधरीको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा पंखाको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार