
सर्लाही : सर्लाहीको धनकौलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बीआर ०६ एयू ८९६६ नम्वरको मोटरसाइकल दुर्घटनामा धनकौल गाउँपालिका–३, का रामदेव महतोका छोरा ४० वर्षीय मिथिलेस महतोको मृत्यु भएको हो । मिथिलेसले आफैले चलाएको मोटरसाइकल वुधवार राती पौने ८ बजेतिर धनकौल गाउँपालिका–२, मा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका मिथिलेसलाई गाउँमै सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लानेक्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया