Tuesday 21st of January 2025

प्रदेश २ मा एक वर्षभित्र ३ हजार ९ सय ८३ सवारी दुर्घटना ५ सय २३ जनाको मृत्यु

0 Shares

वीरगञ्ज /  प्रदेश २ मा आर्थिक वर्ष ०७७/०७८ मा सडक दुर्घटनामा परी पाँच सय २३ जनाको मृत्यु भएको छ।

प्रदेश २ ट्राफिक प्रहरीका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषाको विभिन्न ठाउँमा भएका तीन हजार ९ सय ८३ सवारी दुर्घटनामा पाँच सय २३ जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले एक वर्षको अवधिमा तीन सय ९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार यस अवधिमा ६ हजार चार जना घाइते भएका छन्।

घाइतेहरूमा चार हजार दुई सय ६८ पुरुष, आठ सय ७३ महिला, पाँचसय ७० बालक र दुई सय ९३ बालिका छन्। सोही अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमता भन्दा बढी यात्रु बोक्ने १० हजार सात सय पाँच जना कारबाही गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै कोरोना महामारीबाट बच्न सरकारले लागू गरेको निषेधाज्ञामा प्रशासनको अनुमतिबिना सवारी चलाउने तीन स ३६ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा एक हजार तीन सय ४० सवारी दुर्घटना चार सय २० जनाको मृत्यु भएको थियो। यस्तै ९ सय पाँच जना गम्भीर घाइते र ९ सय ६२ जना समान्य घाइते भएका थिए।

आर्थिक वर्ष ०७५/०७६ मा एक हजार तीन सय ५२ दुर्घटनामा चार सय ९६ जनाले ज्यान गुमाएका थिए। एसपी श्रेष्ठले ग्रामिण भेगमा निर्माण भएका राम्रा सडकमा तीव्र गतिमा सवारीका साधन गुडाउँदा एक आपसमा ठोक्किर बढी दुर्घटना हुने गरेको जानकारी दिए।

 

प्रतिक्रिया