Monday 24th of June 2024

धनुषामा तीनजना बालिकालाई यौन दुव्र्यबहार, वृद्ध पक्राउ

0 Shares

ढल्केवर ः तीनजना बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा धनुषाको मिथिला नगरपालिका १० माझी टोल बस्ने ७७ बर्षीय थानाप्रसाद भट्टराई पक्राउ परेका छन् ।

तीन बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा बिहिबार पक्राउ परेका भट्टराइलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।

यौन दुव्र्यहारमा परेका बालिकाहरुको उमेर ७ देखि १० बर्ष रहेको छ । पक्राउ परेका भट्टराईमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए ।

आरोपित भट्टराइले संवेदनशील अङ्गहरु चलाएर यौन दुव्र्यवहार गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया