Friday 12th of July 2024

सर्लाहीकै नेता कार्यकर्ताले गरे अमरेश सिंहलाई कारबाहीको माग

0 Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय संसद सदस्य अमरेश कुमार सिंहलाई कारबाहीको माग गरिएको छ ।

गृह जिल्ला सर्लाहीकै जनप्रतिनिधि र नेताहरुले सिंहलाई कारबाही गर्न पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गरेका हुन् ।

पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न भएको भन्दै सिंहलाई पार्टी विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका छन् ।

कांग्रेसबाट प्रदेशसभामा मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् ।

सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता÷कार्यकर्ता आतंकित भइरहेको उनीहरुको आरोप छ ।

सिंहमाथि पटक–पटक संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराएकोलगायत आरोपहरु लगाइएको छ ।

प्रतिक्रिया