महोत्तरीको गौशाला नगरपालिकामा बाँदरको आतंक

नागेन्द्र साह, गौशाला । महोत्तरीको गौशाला नगरपालिकाको वडा नं. ५ प्रमुख व्यापारी केन्द्र भए पनि एउटा बादँरले लाखौको सम्पति सखाप पार्दे आएका छन् ।

गौशाला नगरपालिकामा विगत तीन वर्षदेखी एक बाँदरको आतंक बढेको छ । स्कुल जान लागेको बालबालिकामाथि ,बजार किनमेल गर्न आएको मानिस माथी एक्कासी आक्रमण गरी घाईते बनाएको दृश्य सबैमा जानकारी भए पनि सरोकारबाला भने मौन बसेका छन् ।

अहिले सयौ मानिसको टोकेर सो बाँदरले घाइते बनाए पनि कोही कसैबाट पनि बाँदरको आंतक सखाप पार्ने कुनै किसिमको प्रयास नहुँदा गौशाला बजार भर्न आएका मानिसहरु समेत तर्सित बनेको छ ।

सरोकारबालालाई पटक पटक जानकारी गराउदा पनि कुनै किसिमको पहल नहँुदा समाजमा तर्सितको वातावरण उपज भएको हो । बाँदर घरमा पस्ला भनी घरको मूल ढोका बन्द गर्न बाध्य भएको स्थानीयहरुले बताएका छने ।

केही दिन अगाडी नेपाल बैकबाट वृद्धा भत्ता लिएर एक वृद्धा निस्किदा हातबाट १२००० पैसा खोसी सबै पैसालाई च्याति मिल्काएको स्थानीयको गुनासो छ ।घरमा पसी बाँदरले साँचो, टर्च,मोबाईल, रिमोट, घडी, पैसा समेत लगी लाखौको क्षति पु¥याए पनि सरोकारबालालाई जानकारी गराए पनि यसलाई भगाउन र मानववस्तिबाट टाढा पार्न सरोकारबाला मौन भएको स्थानिय बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित समाचार