Monday 9th of December 2024

नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक अबको केही समयमा सुरु

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक अबको केही समयपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरअघि सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुनेछ । आजको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने कांग्रेसको तयारी छ ।

क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने कांग्रेसको तयारी छ ।

पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने कांग्रेसका नेताहरुले बताएका छन् ।

कांग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडास्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निणर्य यसअघि गरिएको थियो ।

पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन तोकिएको मितिमा गर्ने कांग्रेसको तयारी छ ।

पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कांग्रेसले जनाएको छ ।

यद्यपि काँग्रेसमा कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने विकल्पको खोजी पनि भइरहेको बताइन्छ ।

। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक अबको केही समयपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा केही बेरअघि सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया