Monday 13th of January 2025

प्रदेश २ लाई समृद्ध कृषिप्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको छ : कृषि मन्त्री सैलेन्द्र साहको

0 Shares

सर्लाही ः आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने भएकोले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले बताएका छन ।

विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर निति,कार्यक्रम तथा बजेट विनियोजन गरेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानहरुलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहदै आएको प्रदेश सरकारले महसुस गरेको र यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

प्रदेश सरकारको २५ लाख रुपैयाँ र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगर मानबहादुर खडका , कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायतले आ– आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया