Friday 4th of October 2024

परीक्षार्थीलाई ध्यान दिँदै लामो दूरीका गाडी सञ्चालनको तयारी

0 Shares

काठमाण्डौ – गृह मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा सहजीकरण गर्ने भएको छ ।

लोकसेवा आयोग, विश्वविद्यालय तथा कक्षा १२ को समेत परीक्षाको तालिका सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीको आवागमनलाई ध्यान दिँदै गाडी सञ्चालनमा सहजीकरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे आज टुङ्गो लगाउने तयारी छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निणर्य गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे निणर्य भएको थिएन ।

प्रतिक्रिया